विराटनगर, १ भदौ वाग्मती आयल इण्डष्ट्रिज मोरङ कटहरीद्वारा उत्पादित सूर्यमुखी तथा भटमासको खानेतेल गुणस्तरहीन भएको आरोपमा आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट खटिएको एक उच्चस्तरीय टोलीले उद्योगको उत्पादनमा रोक लगाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग, वाणिज्य कार्यालय, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको संयुक्त अनुगमन टोलीले…