२०८३, ३० असार बुधबार

फाइभजी प्रविधि हस्तान्तरणका लागि ह्वावे तयार

फाइभजी प्रविधि हस्तान्तरणका लागि ह्वावे तयार


काठमाडौं, ३० माघ । चीनको ह्वावे कम्पनि फाइभजी प्रविधि हस्तान्तरणका लागि तयार भएको छ । ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले खुला नीतिलाई समर्थन गर्दै प्रविधि हस्तान्तरणका लागि तयार रहेको बताएका हुन् । चीनको ताइयुआनमा इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशालाको उद्घाटन समारोहमा बोल्दै उनले खुला व्यापार नीतिले आपसी विकास सम्भव बनाउने भन्दै ग्लोबल आईसीटी इकोसिस्टम निमार्णको लागि ह्वावे फाइभजी प्रविधि ट्रान्सफर गर्न इच्छुक रहेको बताए ।

‘अमेरिका र चीन दुवैले आफ्नो अर्थतन्त्रको विकास गर्न आवश्यक छ,’ उनले भने, ‘किनकि प्रविधि हाम्रो समाज र वित्तीय सन्तुलनको लागि आवश्यक छ । यस्तोमा कुनै पनि एक कम्पनीले एक्लै विश्व उद्योगको विकास गर्न सक्दैन । यसको लागि विश्वभरि ठोस प्रयासको हुन आवश्यक छ ।’

विश्वव्यापी रूपमा फाइभजीकोे सम्भावित प्रभावको बारेमा चासो देखाउँदै उनले भने, ‘हामी अरूलाई उत्पादन लाइसेन्स दिन मात्र होइन, फाइभजी प्रविधिलाई ट्रान्सफर गर्न पनि तयार छौं । जसमा सोर्स प्रोग्राम र सोर्स कोड देखि लिएर हार्डवेयर डिजाइनका साथै यसका ज्ञान र चिप डिजाइन समेत ट्रान्फर गर्न तयार छौं ।’

प्रकाशित मिति : २०७७, ३० माघ शुक्रबार  १२ : २९ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै