२०८२, १९ असार बिहीबार

एउटै बोका १८१ किलो, हेर्न आउनेको ओइरो

एउटै बोका १८१ किलो, हेर्न आउनेको ओइरो


अर्घाखाँची, ५ पुस :  अर्घाखाँची डिभर्नाका किसान गोपाल बस्यालले पालेको एउटा बोयर बोका १८१ किलोको छ । यो बोका हेर्न जिल्ला मात्र होइन, बाहिरबाट मानिस आउने गरेको बस्याल सुनाउँछन् ।

बोयर बाख्रा छिटो बढ्ने, मासु धेरै हुने, पाल्न पनि सजिलो हुने भएकाले अर्घाखाँचीसहित विभिन्न जिल्लाका किसान यसको पालनमा आकर्षित भएका छन् । अरू जातको बाख्राभन्दा बोयरमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने किसान बताउँछन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्ना बोयर बाख्रा उत्पादनस्थल बनेको छ ।

डिभर्नाकै गीता भुसालले दुई माउ बाख्रा मात्रै पालेकी छन् । भुसालले तिनै बाख्राका पाठापाठी बेचेर वार्षिक ३ लाख रुपैयाँ आम्दानी गरेकी छन् । तीन वर्षमा बोका र पाठी बिक्रीबाट ७ लाख रुपैयाँ कमाएको उनको भनाइ छ । ‘धेरै पाल्नु पनि पर्दैन । दुःख पनि छैन । मैले दुई बाख्रा स्याहार गरेकी छु । ७ लाख कमाएँ’, उनी भन्छिन्, ‘२ लाखका पाठापाठी तयार छन् ।’

उनी मात्र होइन, डिभर्नाका किसानले बोयर बोका बिक्रीबाट मनग्य आम्दानी गर्न थालेका छन् । स्थानीयवासी बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बोयर बिडर हट पशुपालन तथा कृषि सहकारी संस्थामा आबद्ध किसानले बोयर बोका प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन् । ०७३ साल मंसिरमा अस्ट्रेलियाबाट ३ लाख रुपैयाँका दरले १२ वटा बोयर बोका ल्याइएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति : २०७७, ५ पुस आईतबार  ८ : ३२ बजे

एमाले महासचिव शंकर पोखरेलको निर्देशन : नेतृत्वको बहश रोक्नु

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्वको बहश रोक्न

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग युएई

सरकारको आलेचना गर्नेले आफु सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैनः प्रकाशमान सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी