काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली पर्वतारोहीमध्ये ६ जना अझै बेपत्ता रहेका छन्। उनीहरूको खोज तथा उद्धारका लागि पर्यटन विभागले इस्लामाबादस्थित नेपाली दूतावासलाई पाकिस्तान सरकारसँग प्रभावकारी समन्वय गर्न निर्देशन दिएको छ। पर्यटन विभागका अनुसार पाकिस्तानमा रहेका नेपाली पर्वतारोहण कम्पनीहरू, स्थानीय अधिकारी तथा उद्धार टोलीसँग समन्वय गर्दै घटनास्थलतर्फ परिचालन हुने तयारीमा छन्।…