२०८३, ७ भाद्र सोमबार

सुरक्षा निकायका प्रमुख र धार्मिक अगुवाबीच गृह मन्त्रालयमा छलफल, गृहमन्त्री सुनसरी प्रस्थान

सुरक्षा निकायका प्रमुख र धार्मिक अगुवाबीच गृह मन्त्रालयमा छलफल, गृहमन्त्री सुनसरी प्रस्थान


काठमाडौं । देशका विभिन्न स्थानमा उत्पन्न तनावपूर्ण अवस्थाबीच गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र धार्मिक अगुवाहरूबीच उच्चस्तरीय छलफल सुरु भएको छ।

गृह मन्त्रालयमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका महानिरीक्षक (एआईजीपी) तथा अन्य सुरक्षा अधिकारीहरू धार्मिक समुदायका प्रतिनिधिहरूसँग छलफलमा जुटेका हुन्।

छलफलमा मुस्लिम आयोगका अध्यक्ष तथा एक हिन्दु धर्मगुरु सहभागी भएका छन्। साथै, नेपाली सेनाका एक उच्च अधिकारी पनि गृह मन्त्रालय पुगेका छन्।

उता, गृहमन्त्री सुधन गुरुङ भने सुनसरी प्रस्थान गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेपछि उनी सुनसरीतर्फ गएको जनाइएको छ।

सुनसरीको देवानगञ्जसहित केही जिल्लामा पछिल्ला दिनहरूमा उत्पन्न तनाव र सुरक्षा अवस्थाबारे छलफल तथा आवश्यक समन्वयका लागि गृह मन्त्रालयमा बैठक बसेको बताइएको छ। गृह मन्त्रालयले बैठकबारे औपचारिक विवरण भने सार्वजनिक गरिसकेको छैन।

प्रकाशित मिति : २०८३, १३ श्रावण बिहीबार  ७ : १० बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन