२०८३, १३ श्रावण बिहीबार

सिरहा तनावग्रस्त : झडपका घाइते धरान रिफर, कर्फ्युबीच आगजनी र प्रहरीको गोली चल्यो

सिरहा तनावग्रस्त : झडपका घाइते धरान रिफर, कर्फ्युबीच आगजनी र प्रहरीको गोली चल्यो


सिरहा। सिरहामा दुई समुदायबीच भएको झडपपछि अवस्था तनावपूर्ण बनेको छ। स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन र हिंसात्मक गतिविधि नरोकिएपछि प्रहरीले गोली चलाएको छ।

प्रदर्शनका क्रममा गम्भीर घाइते भएका दुई जनामध्ये एक जनालाई थप उपचारका लागि धरान रिफर गरिएको प्रहरीले जनाएको छ।

कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीहरूले एक मोटरसाइकल ग्यारेजमा आगजनी गरेका छन्। आगलागीबाट ११ वटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको प्रहरीले पुष्टि गरेको छ।

सुनसरीमा दुई समुदायबीच भएको झडपको प्रभाव सिरहासम्म फैलिएको बताइएको छ। त्यसपछि सिरहामा पनि दुई पक्षबीच तनाव बढ्दै गएर झडप भएको हो।

स्थिति नियन्त्रणमा लिन सुरक्षा निकाय परिचालन गरिएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील रहेकाले सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, १३ श्रावण बिहीबार  ४ : ०४ बजे

सिरहा तनावग्रस्त : झडपका घाइते धरान रिफर, कर्फ्युबीच आगजनी र प्रहरीको गोली चल्यो

सिरहा। सिरहामा दुई समुदायबीच भएको झडपपछि अवस्था तनावपूर्ण बनेको छ।

सर्वदलीय बैठकपछि रवि लामिछाने शीतल निवासमा, राष्ट्रपतिलाई सुनसरी घटनाबारे जानकारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सर्वदलीय बैठक

रविको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौं। सुनसरीमा भएको घटनापछि उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिबारे साझा

सरकार संकटमा ? सुनसरी घटनाबारे सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै अनुपस्थित

काठमाडौं। सुनसरीमा भएको दुःखद घटनापछि देशभर चर्किएको जनआक्रोश र तराई–मधेशमा

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा