२०८३, १० कार्तिक मंगलबार

देवानगन्ज गोलीकाण्डः दुई गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिँदै

देवानगन्ज गोलीकाण्डः दुई गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिँदै


विराटनगर । सुनसरीको देवानगन्जमा भएको गोलीकाण्डमा गम्भीर घाइते भएका दुई युवालाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर लैजाने तयारी गरिएको छ।

नोबेल शिक्षण अस्पतालमा उपचाररत देवानगन्ज–३ का १८ वर्षीय अमित यादव र विराट नर्सिङ होममा उपचाररत २१ वर्षीय रवीन्द्रकुमार मेहतालाई एयरलिफ्टमार्फत काठमाडौं पठाउने तयारी भएको पारिवारिक स्रोतले जनाएको छ।

दुवैको स्वास्थ्य अवस्था गम्भीर रहेकाले उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि विशेषज्ञ उपचारका लागि काठमाडौं रेफर गर्ने निर्णय गरिएको परिवारले जनाएको छ। उनीहरूलाई काठमाडौं लैजान स्वास्थ्यमन्त्री निशा मेहताले आवश्यक समन्वय गरेको बताइएको छ।

गत आइतबार राति देवानगन्ज–३ कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा १० जना युवा घाइते भएका थिए।

घाइतेमध्ये देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनालगत्तै मृत्यु भएको थियो भने देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको थियो।

हाल बाँकी आठ घाइतेमध्ये दुई जनाको अवस्था अझै गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको हो।

प्रकाशित मिति : २०८३, १३ श्रावण बिहीबार  ७ : ०२ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना