हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री तथा कर्मचारीहरूको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत व्यवस्थापनमा जुटेको छ । मुख्यमन्त्री थापामगर नेतृत्वको टोलीले बुधबारदेखि बागमती प्रदेशका बाढी प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरिरहेको छ । रसुवामा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रदेश सरकारले प्रभावित नागरिकको…