काठमाडौं । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका लागि तत्काल २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। मञ्चको आकस्मिक सचिवालय बैठकले विपद्मा परेका नागरिकलाई तत्काल राहत पुर्याउन आफ्नै कोषबाट २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।मञ्चले यससँगै विदेशमा रहेका नेपालीलाई…