सुनसरी २३ बैसाख वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका सुनसरी इटहरीका लिलामान कटुवालको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । केही वर्षदेखि साउदीमा कार्यरत सुनसरी–५ इटहरी घर भएका ५१ वर्षीय कटुवालको कोरोना संक्रमणबाट साउदीमा मृत्यु भएको उनका परिवारले जानकारी दिएका छन् । पछिल्लोपल्ट एक वर्षअघि उनी छोराको व्रतबन्धका लागि नेपाल आए थिए साउदीमा रहँदा कोरोना…