२०८३, १२ कार्तिक बिहीबार

तेमालमा दुई हजारभन्दा बढी स्वास्थ्य परिक्षणः ५ जनामा ज्वरो, ८३ जनामा रुघाखोकी

तेमालमा दुई हजारभन्दा बढी स्वास्थ्य परिक्षणः ५ जनामा ज्वरो, ८३ जनामा रुघाखोकी


धुलिखेल, १७ बैशाखः काभ्रेको तेमाल गाउँपालिकाले सुरु गरेको घर दैलो स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत २ हजारभन्दा बढी स्वास्थ्य परिक्षण गरिएको छ । पालिकाले सोमबारदेखि सबै वडामा घरदैलो स्वास्थ्य जाँच गर्न सुरु गरेको हो । दुई हजार ४२ जनाको स्वास्थ्य परिक्षण गरिसकेको पालिका अध्यक्ष सलाम सिंह तामाङले जानकारी दिए ।

पालिकाको वडा नम्बर १ देखि ९ नम्बरसम्मका घर–घरमै पुगेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरिरहेको स्वास्थ्य संयोजक शिवहरि पाठकले बताए । तेमाल गाउँपालिकामा ५ हजार ८ सय घरधुरी रहेका छन् । हालसम्म गरिएको स्वास्थ्य परिक्षणमा ५ जनामा सामान्य ज्वरो र ८३ जनामा सामान्य रुघाखोकी देखिएको छ । ज्वरो र रुघाखोकीका बिरामीलाई स्वास्थ्यकर्मीहरुले औषधि समेत दिएका छन् ।

वडामा रहेको स्वास्थ्य चौकीबाट दुई जना स्वास्थ्यकर्मी परिचालन भएका छन् । गाउँपालिकामा ११ वटा स्वास्थ्य संस्था छ । जसमा ५७ जना कर्मचारी कार्यरत छन् । कुनै पनि घर नछुटाइ स्वास्थ्य परिक्षण गर्न सबै स्वास्थ्य कर्मीहरुलाई निर्देशन दिइएको र सोहि अनुसार काम भइरहेको पालिका अध्यक्ष तामाङले जानकारी दिए ।

कतिपय वडामा जनसंख्या धेरै र भौगोलिक अवस्था कारण स्वास्थ्य परिक्षण गराउन समय लाग्ने पालिका अध्यक्ष तामाङले बताए । उनका अनुसार वडा नम्बर ३ मा अन्य वडाको तुलनामा अलिक छिटो स्वास्थ्य परिक्षणको काम सकिनेछ । ‘तेमाल गाउँपालिकाका हरेक नागरिकको स्वास्थ्य अवस्था पत्ता लगाउन हामीले घर–घरमा स्वास्थ्य कर्मी परिचालन गरेका हौँ, पालिका अध्यक्ष तामाङले भने ‘यो कुनै रहरले होइन, नागरिकको स्वस्थ राख्नु पालिकाको दायित्व हो ।’

प्रकाशित मिति : २०७७, १७ बैशाख बुधबार  ८ : ४२ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता