२०८३, ९ कार्तिक सोमबार

कोरोना विरुद्ध काभ्रेका संचारकर्मीको दैनिकी

कोरोना विरुद्ध काभ्रेका संचारकर्मीको दैनिकी


धुलिखेल २१ बैशाख : कोरोना भाईरस विरुद्ध सरकारले घोषणा गरेको लकडाउनका कारण काभ्रेका संचारकर्मीहरु पनि समस्यामा परेका छन् । सामान्य अवस्थाका बेला काभ्रेमा दैनिक ४५ जना पत्रकार रिर्पोटिङका लागि फिल्डमा खट्ने गरेकोमा लकडाउनपछि मुस्किलले दैनिक १२÷१३ जना मात्रै पत्रकार फिल्डमा खटिने गरेको नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले बताउनु भयो ।

अध्यक्ष तिमल्सिनाका अनुसार कोरोना विरुद्धको अभियानमा जिल्ला रहेको सामुदायिक रेडियोहरुको भुमिका प्रभावकारी देखिन्छ । अधिकांश पत्रकारहरु होम क्वारेन्टाइनमै बसेर सुचना सन्देश प्रवाह गर्ने काममा क्रियाशिल रहेको अध्यक्ष तिमल्सिनाले बताउनुभयो । लकडाउनपछि सञ्चार गृहहरु सञ्चालनमा नआउँदा कतिपय पत्रकारलाई दैनिक गुजरा चलाउनै मुस्किल परेका महासंघ अध्यक्ष तिमल्सिनाले बताउनुभयो । त्यस्ता पत्रकारलाईलाई खाद्यान्न समेत महासंघ सहयोग गरेको छ ।

जिल्लामा दैनिक, साप्ताहिक, मासिक, पाक्षिक पत्रिका ९९ वटा दर्ता भएको र लकडाउन हुनु पहिले २५ वटा मात्रै साप्ताहिक र मासिक प्रकाशनमा आईरहेको महासंघका सचिव नगेन्द्र अधिकारीले बताउनुभयो । सचिव अधिकारीका अनुसार जिल्लामा दशवटा एफएम रेडियो र ११ वडा आनलाईन न्यूज पोर्टल संचालनमा रहेका छन् । लकडाउनले गर्दा काठमाडौबाट प्रकाशन हुने केही पत्रिकाका जिल्ला संवाददाताहरुले अहिले सम्म कुनैपनि पारिश्रमिक नपाएको र पत्रकार कटौतीमा पर्ने त्रास रहेको सचिव अधिकारीले बताउनु भयो ।

लकडाउनको बेलापनि काभ्रे टाईम्स, चेष्टा साप्ताहिक, रोशीखबर र प्राभतफेरी निरन्तर प्रकाशन भैरहेको नेपाल प्रेस यूनियन काभ्रेका अध्यक्ष कपिल कोईरालाले बताउनु भयो । अध्यक्ष कोईरालाका अनुसार जिल्लाबाट प्रकानहुने सबैजसो साप्ताहिक पत्रिकाहरु ई–पेपरको रुपमा प्रकाशन गरेका छन् ।
कोरोना भाईरस विरुद्ध पत्रकारहरुले काभ्रेमा प्रभावकारी सुचना सन्देश दिन सफल भएको प्रेस संगठन नेपाल काभ्रेका संयोजक भुवन रायमाझीले बताउनु भयो । संयोजक रायमाझीका अनुसार संगठनले जिल्लाका सबै सञ्चार गृहहरुमा क्रियाशिल पत्रकारहरुको सुरक्षाका लागि मास्क र स्यानेटाईजर वितरण गरेको छ ।
लकडाउनका बेला काठमाडौबाट काभ्रे आउँदै गरेका फोटो पत्रकार भीमबहादुर लामालाई मापसे गरी सवारी चलाएको भन्दै गत हप्ता प्रहरीले गिरफ्तार गरेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमारविक्रम थापाका अनुसार फोटो पत्रकार तामाङ ललितपुर पत्रकार महासंघका सदस्य हुन ।
लकडाउनमा पत्रकारहरुलाई सुचना संकलनका लागि कुनै अवरोध नभएपनि विषयवस्तुको स्रोतसम्म पुग्न भने निकै समस्या रहेको कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता रमा दाहालले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  ४ : ०७ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर