२०८३, १० कार्तिक मंगलबार

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ तथा बाढीबाट क्षतिग्रस्त घरबाट चार जनाको जीवित उद्धार गरिएको छ। शुक्रबार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट सञ्जय साह र कविर महर्जनको जीवित उद्धार गरिएको थियो। शनिबार अपर त्रिशूली–१ आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको छ। त्यसैगरी, बेत्रावतीमा बाढीबाट क्षतिग्रस्त आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती…