२०८३, १८ आश्विन सोमबार

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र


काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ तथा बाढीबाट क्षतिग्रस्त घरबाट चार जनाको जीवित उद्धार गरिएको छ।

शुक्रबार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट सञ्जय साह र कविर महर्जनको जीवित उद्धार गरिएको थियो। शनिबार अपर त्रिशूली–१ आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको छ।

त्यसैगरी, बेत्रावतीमा बाढीबाट क्षतिग्रस्त आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको पनि जीवित उद्धार गरिएको छ। नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्स्पेक्टर सुमन विकको कमान्डमा रहेको टोलीले उद्धार गरेको हो।

चण्डिका श्रेष्ठलाई क्षतिग्रस्त घरबाट जीवितै उद्धार गरिएपछि बाढीले भत्काएका तथा पुरिएका अन्य घरका संरचनाभित्र पनि मानिस फसेको हुनसक्ने आशंका बढेको छ। यसअघि सुरुङमा फसेका व्यक्तिको खोजीमा मात्र मुख्य ध्यान केन्द्रित हुँदै आएको थियो।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजनामा बाढी आउँदा ठूलो संख्यामा कामदार कार्यरत थिए। तीमध्ये आधाभन्दा बढी आयोजनाका कामदार सुरुङभित्र काम गरिरहेका थिए। त्यसैले सुरुङमा अझै मानिस फसेको हुनसक्ने आशंकामा खोजी तथा उद्धार कार्य जारी छ।

सुरुङको संरचना क्षतिग्रस्त हुनुका साथै कतिपय स्थानमा ट्र्याप तथा अवरोध रहेकाले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न कठिन भइरहेको छ। सुरक्षाकर्मी र प्राविधिक टोलीले सम्भावित स्थान पहिचान गरी उद्धार प्रयास जारी राखेका छन्।

गृहमन्त्री सुधन गुरुङले पनि उद्धार टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जानकारी दिएका छन्।

भोटेकोशी बाढीका कारण रसुवागढीदेखि धादिङको गलौंदी क्षेत्रसम्मका घर तथा बस्तीमा ठूलो क्षति पुगेको छ। कतिपय घर पुरिएका छन् भने कतिपय बाढीले बगाएर वा पल्टाएर क्षतिग्रस्त बनाएको छ। चण्डिका श्रेष्ठको जीवित उद्धारपछि त्यस्ता संरचनामा पनि सम्भावित रूपमा फसेका व्यक्तिको खोजीलाई प्राथमिकता दिनुपर्ने देखिएको छ।

बाढी आएको लामो समय भइसकेकाले उद्धारमा चुनौती बढ्दै गएको भए पनि ११औँ दिनमा समेत चार जनाको जीवित उद्धार हुनुले अझै आशा कायम रहेको संकेत गरेको छ। सुरुङ तथा क्षतिग्रस्त घरमा फसेका व्यक्तिको खोजीलाई थप तीव्र बनाइएको छ।

प्रकाशित मिति : २०८३, १९ भाद्र शनिबार  ४ : १३ बजे

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम