काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा भए सात दिनभित्र होर्मुज स्ट्रेट खोल्न सकिने जनाएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले सम्झौतामा उल्लेखित सर्तहरू पूरा गरेपछि स्ट्रेट खोल्ने प्रक्रिया अघि बढाउन सकिने बताएका हुन्। अराघचीका अनुसार ती सर्तहरू अमेरिका र इरानबीच गत जुन १८ मा…