काठमाडौं । देशभर सक्रिय रहेको पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी क्षेत्र नजिकको न्यूनचापीय प्रणालीका कारण आज मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसको प्रभावले धेरै प्रदेशमा वर्षा र चट्याङको सम्भावना देखिएको छ। हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि बाक्लो बादल लागेको छ भने…