२०८३, १० कार्तिक मंगलबार

आजको मौसम : पाँच प्रदेशमा वर्षा र चट्याङको चेतावनी

आजको मौसम : पाँच प्रदेशमा वर्षा र चट्याङको चेतावनी


काठमाडौं । देशभर सक्रिय रहेको पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी क्षेत्र नजिकको न्यूनचापीय प्रणालीका कारण आज मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसको प्रभावले धेरै प्रदेशमा वर्षा र चट्याङको सम्भावना देखिएको छ।

हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि बाक्लो बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइसकेको छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने विभागले जनाएको छ।

रातिको समयमा पनि मौसम पूर्ण रूपमा सुधार नहुने देखिएको छ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने अनुमान गरिएको छ।

मौसमविद्हरूले चट्याङ, हावाहुरी र वर्षाका कारण दैनिक जनजीवन तथा यात्रामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, २२ बैशाख बुधबार  ७ : ३१ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा