२०८३, २७ भाद्र आईतबार

आजको मौसम : पाँच प्रदेशमा वर्षा र चट्याङको चेतावनी

आजको मौसम : पाँच प्रदेशमा वर्षा र चट्याङको चेतावनी


काठमाडौं । देशभर सक्रिय रहेको पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी क्षेत्र नजिकको न्यूनचापीय प्रणालीका कारण आज मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसको प्रभावले धेरै प्रदेशमा वर्षा र चट्याङको सम्भावना देखिएको छ।

हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि बाक्लो बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइसकेको छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने विभागले जनाएको छ।

रातिको समयमा पनि मौसम पूर्ण रूपमा सुधार नहुने देखिएको छ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने अनुमान गरिएको छ।

मौसमविद्हरूले चट्याङ, हावाहुरी र वर्षाका कारण दैनिक जनजीवन तथा यात्रामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, २२ बैशाख बुधबार  ७ : ३१ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।