२०८३, १९ आश्विन मंगलबार

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा


जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका नेता महेश प्रसाद यादवले मधेश प्रदेश सरकारलाई दिएको समर्थन यथावत रहेको स्पष्ट पारेका छन्।

संसदीय दलको कार्यालयमार्फत प्रदेश प्रमुखलाई पठाइएको पत्रमा पार्टीको आधिकारिक निर्णय नभएसम्म सरकारलाई दिएको समर्थन कायम रहने उल्लेख गरिएको छ। नेता यादवद्वारा हस्ताक्षरित पत्रमा औपचारिक बैठकबाट निर्णय नभएसम्म कुनै पनि व्यक्तिको दाबीलाई आधिकारिक मान्न नसकिने प्रष्ट पारिएको छ।

पत्रमा केही व्यक्तिहरूले बिना औपचारिक निर्णय समर्थन फिर्ता लिएको दाबीप्रति असहमति जनाउँदै यस्ता गतिविधिबाट भ्रम नफैलाउन आग्रह गरिएको छ। साथै, पार्टीभित्र देखिएको मतभेदलाई औपचारिक निर्णयको रूपमा नबुझ्न पनि स्पष्ट पारिएको छ।

जनमत पार्टी हाल मधेश प्रदेश सरकारमा सहभागी छ, जहाँ पार्टीका दुई मन्त्री रहेका छन्। संसदीय दलका नेता यादव अर्थमन्त्री छन् भने वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीमा छन्।

यसअघि, जनमत पार्टीकै सचेतक चन्दन सिंहको नेतृत्वमा १० जना प्रदेश सभा सदस्यले नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको दाबी गर्दै प्रदेश प्रमुखसमक्ष पत्र बुझाएका थिए।

पछिल्लो घटनाक्रमसँगै जनमत पार्टीभित्रको विवाद सतहमा आएको छ भने मधेश प्रदेश सरकारको स्थायित्वबारे अनिश्चितता बढेको देखिएको छ।

प्रकाशित मिति : २०८३, २१ बैशाख मंगलबार  ११ : ०१ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि