२०८३, २६ भाद्र शनिबार

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह


काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी कोशी र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ भने अन्य प्रदेशका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ।

पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ र केही स्थानमा हिमपात समेत हुन सक्ने बताइएको छ। तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।

आज राति पनि मौसम पूर्ण रूपमा सुधार नहुने देखिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना छ।

विभागले चट्याङ, हावाहुरी र वर्षाबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, २१ बैशाख मंगलबार  ७ : २२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।