२०८३, १० कार्तिक मंगलबार

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह


काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी कोशी र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ भने अन्य प्रदेशका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ।

पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ र केही स्थानमा हिमपात समेत हुन सक्ने बताइएको छ। तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।

आज राति पनि मौसम पूर्ण रूपमा सुधार नहुने देखिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना छ।

विभागले चट्याङ, हावाहुरी र वर्षाबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, २१ बैशाख मंगलबार  ७ : २२ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा