काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक मूल्यविरुद्ध सरकार उन्मुख भएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन शाहलाई आफ्नो अभिव्यक्ति सच्याउन कडा चेतावनी दिएको छ। बागमती प्रदेश कमिटीको दोस्रो बैठकले पारित गरेको प्रस्तावमा प्रधानमन्त्रीले जेठ ७ गते संघीय संसद्को रोष्ट्रमबाट व्यक्त गरेको ‘भारतले मात्र हाम्रो भूमि मिचेको होइन, हामीले पनि भारतको सीमा मिचेका रहेछौँ’…