२०८३, १९ आश्विन मंगलबार

पेरु निर्वाचन: झिनो अग्रतामा सत्ता-समीकरण, देश फेरि वैचारिक विभाजनको मोडमा

पेरु निर्वाचन: झिनो अग्रतामा सत्ता-समीकरण, देश फेरि वैचारिक विभाजनको मोडमा


लिमा । पेरुको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा वामपन्थी उम्मेदवार रोबर्टो सान्चेजले दक्षिणपन्थी नेतृ केइको फुजिमोरीमाथि अत्यन्तै झिनो मतको अग्रता लिएका छन्। मतगणना जारी रहँदा सत्ता कसको हातमा जान्छ भन्ने चित्र अझै अस्पष्ट छ।

प्रारम्भिक चरणमा फुजिमोरी अगाडि देखिए पनि पछिल्लो गणनाले प्रतिस्पर्धा उल्ट्याउँदै सान्चेजलाई अग्रस्थानमा पुर्‍याएको छ। तर मतान्तर यति न्यून छ कि प्रत्येक नयाँ अपडेटसँगै नतिजाको दिशा बदलिन सक्ने अवस्था छ।

सान्चेजको उम्मेदवारी केवल व्यक्तिगत प्रतिस्पर्धा होइन, यो पेरुको सामाजिक असमानता, ग्रामीण उपेक्षा र राज्यको पुनःवितरण नीतिसँग जोडिएको वामपन्थी एजेन्डाको प्रतिनिधित्व हो। उनी जनताको आधारभूत सेवामा राज्यको भूमिकालाई विस्तार गर्ने र प्राकृतिक स्रोतको लाभ सर्वसाधारणसम्म पुर्‍याउने वाचा गर्दै अघि बढेका छन्।

यता केइको फुजिमोरी चौथो पटक सत्ता दौडमा छिन्। अल्बर्टो फुजिमोरीको राजनीतिक विरासतसँग जोडिएको उनको अभियान निजी क्षेत्रको विस्तार, लगानी–मैत्री वातावरण र सुरक्षा सुदृढीकरणमा केन्द्रित छ। तर उनको राजनीतिक इतिहास विवाद र ध्रुवीकरणबाट मुक्त छैन।

यो निर्वाचन केवल दुई उम्मेदवारबीचको प्रतिस्पर्धा होइन, पेरुको भविष्य कुन आर्थिक.,राजनीतिक बाटोमा जाने भन्ने गहिरो संघर्ष हो, राज्य–केन्द्रित सामाजिक नीति कि बजार–केन्द्रित उदारवाद। अन्तिम परिणाम अझै खुला छ, तर एउटा कुरा स्पष्ट छ,पेरु अहिले निर्णायक वैचारिक मोडमा उभिएको छ।

प्रकाशित मिति : २०८३, २५ जेष्ठ मंगलबार  ११ : १९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि