२०८३, ८ श्रावण शनिबार

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ललितपुरको खुमलटारमा मनाइएको छ। यस वर्षको दिवसमा पहिलोपटक ड्रोनमार्फत खेतमा मल छर्ने र मेसिनबाट धान रोप्ने अभ्यास प्रदर्शन गरिएको हो। ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र तथा बाली विकास एवं कृषि जैविक विविधता…