२०८३, १३ कार्तिक शुक्रबार

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा प्रतिकिलो ३० देखि ६० रुपैयाँसम्म कायम छ। रातो आलु ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँमा कारोबार भइरहेको छ। प्याजको मूल्य प्रतिकिलो ८५ रुपैयाँ तोकिएको छ।

त्यस्तै, लोकल गाजर ९० रुपैयाँ, तराई गाजर ६० रुपैयाँ, बन्दा ३० रुपैयाँ, काउली ३० रुपैयाँ, मूला ३० रुपैयाँ र भन्टा ३० देखि ४० रुपैयाँसम्म रहेको छ। तने बोडी ६० रुपैयाँ, घिउ सिमी २० रुपैयाँ र टाटे सिमी ५० रुपैयाँमा कारोबार भइरहेको छ।

हरियो तरकारीतर्फ तितो करेला प्रतिकिलो ७० रुपैयाँ, लौका ३० रुपैयाँ, रायोको साग २० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र पालुङ्गो साग १०० रुपैयाँ तोकिएको छ। हरियो प्याजको मूल्य भने प्रतिकिलो १५० रुपैयाँ पुगेको छ।

च्याउमा कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ रहेको छ। त्यस्तै कुरिलो ७०० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ र न्यूरो ९० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, मुस्ताङको स्याउ २०० रुपैयाँ र जुम्लाको स्याउ २५० रुपैयाँ तोकिएको छ। नेपाली तथा मालभोग केरा प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ र अनार ३०० रुपैयाँ रहेको छ।

नोट: यी मूल्य कालीमाटी बजारका न्यूनतम थोक मूल्य हुन्। खुद्रा बजारमा भने मूल्य फरक हुन सक्छ।

प्रकाशित मिति : २०८३, १३ कार्तिक शुक्रबार  ९ : ११ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित