२०८३, १७ भाद्र बिहीबार

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग


काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा अन्य बाली लगाउने मुख्य सिजन सुरु भइसकेको भन्दै किसानलाई समयमै मल, बीउ र कृषि सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

बागमती प्रदेश कमिटीको दोस्रो बैठकले पारित गरेको प्रस्तावमा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर र चितवन लगायत जिल्लामा रोपाइँको तयारी तीव्र भइरहेका बेला किसानले मल र उन्नत बीउको अभाव झेल्न नपरोस् भनेर तत्काल आवश्यक व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ।

बैठकले कृषि उत्पादन बढाउने कुरा भाषणमा मात्र सीमित नराखी किसानका आधारभूत आवश्यकतामा सरकारले विशेष ध्यान दिनुपर्ने जनाएको छ। हरेक वर्ष रोपाइँको समयमा मल अभाव दोहोरिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै एमालेले कृषि क्षेत्रमा देखिएको अव्यवस्था अन्त्य गर्न प्रभावकारी पहल आवश्यक रहेको उल्लेख गरेको छ।

एमालेले खेतीयोग्य जमिन बाँझो रहने अवस्था आउन नदिन र किसानलाई उत्पादनमुखी बनाउन आवश्यक मल, बीउ–विजन तथा कृषि सामग्री सहज रूपमा उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ।

प्रकाशित मिति : २०८३, २९ जेष्ठ शनिबार  १ : २९ बजे

पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पृथ्वी राजमार्ग पूर्णरूपमा

एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका

बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिन चिकित्सकको सुझाव

काठमाडौं । विपद्का बेला बाढीपीडितलाई राहत वितरण गर्दा चाउचाउ, बिस्कुट र

चार संसदीय समितिको बैठक बस्दै, बाढी र विशेष सेवा विधेयकदेखि पूर्वाधारसम्म छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बस्दैछ।

प्रतिनिधिसभा बैठक बस्दै, तीन महत्वपूर्ण विषय कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा