२०८३, २० कार्तिक शुक्रबार

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका


सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर उपत्यका यतिबेला पाकेको धानको सुनौलो रङमा सजिएको छ। समथर फाँटमा लहलह झुलेका धानका बाला र हावासँगै लहराइरहेका पहेँलपुर खेतले उपत्यकाको सौन्दर्यलाई थप मनमोहक बनाएका छन्।

मानौँ, हरिया पहाडको काखमा प्रकृतिले सुनौलो गलैँचा बिछ्याएर वीरेन्द्रनगरलाई सिँगारेकी छन्। क्षितिजसम्म फैलिएका धानखेतले उपत्यकालाई आकर्षक बनाएका छन् भने पाकेको बालीले किसानको वर्षभरिको मेहनत र परिश्रमको प्रतिफल झल्काएको छ।

वर्षभरि पसिना बगाएर धान रोपेका किसानका खेतमा अहिले बाली पाकेर तयार भएको छ। धान भित्र्याउने समय नजिकिँदै गर्दा किसानमा खुसी र आशा छाएको छ। मौसमले साथ दिएमा केही दिनभित्रै किसानहरू पाकेको धान काट्न र भित्र्याउन व्यस्त हुनेछन्।

वीरेन्द्रनगर उपत्यकाको यो सुनौलो दृश्य प्रकृतिको सुन्दरता मात्र होइन, कृषि र किसानको जीवनसँग जोडिएको समृद्धिको प्रतीक पनि हो। पहाडको हरियाली र खेतको सुनौलोपनले सजिएको उपत्यकाले कृषि, प्रकृति र श्रमबीचको सुन्दर सम्बन्धलाई उजागर गरेको छ।

प्रकाशित मिति : २०८३, ७ कार्तिक शनिबार  १० : ०४ बजे

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी

दानबहादुर कार्की हटाउन रास्वपाकै निर्देशन आएको थियो : मन्त्री पोखरेल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)

धुलिखेल । नेपालमा बाथरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउने तथा