सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा हिमपातपछि बेपत्ता भएका ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार गरिएको छ । चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका पशु लाप्चा क्षेत्रको साँक्या खोलामा फेला परेका हुन् । लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित स्थानीयवासीको टोलीले खोजीका क्रममा ती पशुलाई हिउँमा उभिएको अवस्थामा फेला पारेको…