२०८३, ७ कार्तिक शनिबार

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन


काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने निर्णय गरेको छ। अब प्यान नम्बर नलिई कुनै पनि व्यक्तिले राइड सेयरिङ प्लेटफर्ममार्फत सेवा दिन वा कारोबार गर्न नपाउने भएको हो।

विभागले जारी गरेको सूचनाअनुसार राइड सेयरिङ अपरेटरसँग आबद्ध हुने सबै चालकले सेवा सुरु गर्नुअघि प्यान लिनुपर्नेछ। कानुनी व्यवस्था कार्यान्वयन गर्न र कर प्रणालीलाई व्यवस्थित बनाउन यो निर्णय गरिएको विभागले जनाएको छ।

आयकर ऐन, २०५८ को दफा ७८ र आयकर नियमावली, २०५९ को नियम २३ अनुसार करयोग्य आय आर्जन गर्ने वा कर कट्टीको दायरामा पर्ने प्रत्येक व्यक्तिले आम्दानी सुरु गर्नुअघि स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था छ। विभागले राइड सेयरिङ चालकहरू पनि यही कानुनी व्यवस्थाभित्र पर्ने स्पष्ट गरेको छ।

विभागले सम्बन्धित राइड सेयरिङ कम्पनी तथा चालकहरूलाई अनिवार्य रूपमा प्यान नम्बर लिएर मात्रै कारोबार गर्न आग्रह गरेको छ। प्यानबिनाको कारोबार कानुनी व्यवस्थाविपरीत हुने भएकाले समयमै दर्ता प्रक्रिया पूरा गर्न पनि विभागले अनुरोध गरेको छ।

यो व्यवस्थाले राइड सेयरिङ क्षेत्रलाई औपचारिक कर प्रणालीभित्र ल्याउने, कर प्रशासनलाई प्रभावकारी बनाउने तथा राजस्व संकलनलाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  ४ : १६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना