काठमाडौँ, ८ फागुन । सिन्धुपाल्चोक जुरे पहिरोपीडितले सात वर्षसम्म राहत नपाएपछि काठमाडौंको माइतीघरमा धर्नासहित प्रदर्शन गरेका छन् । दाताले छुट्याएको रकमसमेत सरकारले उपलब्ध नगराएको भन्दै शनिवार उनीहरुले धर्नासहित प्रदर्शन गरेका हुन् । जुरे पहिरो पीडितहरुको लागि सहयोग जुटेको सहयोग रकम सरकारले अहिलेसम्म आफूहरुलाई नदिएको उनीहरुको गुनासो छ । जुरे पहिरो प्रभावितहरुले आफूहरुको नाममा देश…