२०८३, २० आश्विन बुधबार

देश नेताहरुले मात्र होइन हामीले पनि बिगारेका छौं : अध्यक्ष क्षेत्री

देश नेताहरुले मात्र होइन हामीले पनि बिगारेका छौं : अध्यक्ष क्षेत्री


काठमाडौं । पूर्व अरनिको यातायात प्रा. लिका अध्यक्ष केदार क्षेत्रीले बसपार्क हटाउन अफवाह फैलाउने काम भएको बताएका छन् । उनले यो सन्दर्भमा काठमाडौं महानगरका मेयर बालेन शाहको वाहावाही गर्ने काम भएको पनि बताए।

शनिबार काठमाडौमा आयोजित पूर्व अरनिको यातायात प्रा.लिद्वारा निर्मित जडिबुटी बसपार्क संरचना बनाउ अभियानमा उनले आफूहरुले नियमविपरीत बनाएको भन्ने आरोप साँचो नभएको बताए ।

‘बालेन शाहले गरेको काम राम्रो अरु काम खराव होला भन्दै हावादारी कुरा फैलाउने र त्यसकै पछि लाग्नेहरु छन्’ उनले भने, ‘देश नेता, मेयर वा अरु कसैले मात्र हैन हामीले पनि बिगारेका छौं ।े

आफूहरु निराश भइरहेको बेलामा सर्वोच्च अदालतले जडिबुटी बसपार्क भत्काउन नमिल्ने भन्दै दिएको आदेश दिएको भन्दै उनले खुसी व्यक्त गरे ।

उनले भने, ‘अदालतले व्याख्या गरेर भत्काउन हुँदैन भन्दाभन्दै हरेक व्यक्तिले त्यो पनि हैन भन्न पाइन्छ ? यो विवाद हामी सबैले यसका प्रमाणहरु अदालतमा पेश गरिसकेका छौं । व्यक्ति व्यक्तिलाई त पेश गर्न पर्दैन होला । हामीले के बनाएका छौं नियम विपरित ? केही बनाएकै छैन ।’

बसपार्क हटाउन पर्छ भन्ने विज्ञहरु आम जनता र मिडियाको बीचमा किन नआएको भन्दै क्षेत्रीले प्रश्न गरे ।

यो विषयमा निर्णय गर्नेहरु सर्वोच्चको फैसलापछि अनुत्तरित भएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  ४ : ५६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको