काठमाण्डौ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुन्दरबस्तीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाण्डौबाट इलामतर्फ जाँदै गरेको बाप ०३–००१ज ०२९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिइ भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षकी रमिला बुढाथोकीको ज्यान गएको…