२०८३, ११ कार्तिक बुधबार

आठ महिने शिशुको हत्या गरेको आरोपमा एकजना पक्राउ

आठ महिने शिशुको हत्या गरेको आरोपमा एकजना पक्राउ


काठमाडौं । झापामा आठ महिने शिशुको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका–३, बेलडाँगी बस्ने ५० वर्षीय पञ्चवीर घिसिङ रहेका छन् । उनलाई हिजो बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा एरित ओलीलाई घिसिङले पछारेका थिए । त्यसपछि तत्काल बेहोस भएका ती बालकको दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिशुको आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८०, १ फाल्गुन मंगलबार  १ : १८ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल