सिरहा । सिरहामा अपहरणमा परेका एक बालकको हत्या भएको छ। गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका १५ वर्षीय छोरा अभिषेक सिंहको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका सूचना अधिकारी धर्मेशकुमार यादवका अनुसार अभिषेकको शव घर नजिकैको आँप बगैंचामा भेटिएको हो । घटनास्थललाई प्रहरी टोलीले घेराबन्दी गरी अनुसन्धान सुरु गरेको…