२०८३, १९ आश्विन मंगलबार

भेनेजुएलाकी माचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

भेनेजुएलाकी माचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार


ओस्लो । भेनेजुएलाकी विपक्षी नेता मारिया कोरीना माचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ।नोबेल समितिले उनलाई तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणमा योगदान गरेको भन्दै पुरस्कार दिने निर्णय गरेको हो।

गत वर्षको राष्ट्रपति चुनावमा उम्मेदवारी दिन रोकिएका माचाडोले आफ्नो उम्मेदवार एडमुन्डो गोन्जालेजको समर्थनमा विशाल प्रदर्शन गरी विपक्षी एकतामा महत्वपूर्ण भूमिका निभाएकी थिइन्। चुनावमा अनियमितता भए पनि निकोलस माडुरो तेस्रो कार्यकालका लागि निर्वाचित भए।

माचाडो त्यसयता लगभग लुकेर बसिरहेकी छिन्। जनवरीमा भएको विरोध प्रदर्शनमा उनी संक्षिप्त रूपमा पक्राउ परेकी थिइन्, तर पछि रिहा भएकी हुन्।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  ४ : ०३ बजे

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि