काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष, सुवास नेम्वाङको निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखि नै आत्मसात गरेको एउटा असल नेता गुमाएको बताएका छन् ।आईतबार राष्ट्रपति पौडेलले नेम्वाङका परिवारजनलाई समवेदना सन्देश पठाउँदै नेपालको राजनीतिक र कानुनी क्षेत्रमा उत्तिकै दख्खल राख्नुहुने नेम्वाङ खासगरी राष्ट्रिय राजनीतिका सङ्कटपूर्ण घडीहरूमा समन्वयकारी भूमिका निर्वाह गर्न हरदम् तयार हुने नेता भएको उल्लेख…