२०८३, १२ कार्तिक बिहीबार

प्रधानमन्त्री कार्कीद्वारा दीपावली तथा चाडपर्वका अवसरमा शुभकामना सन्देश : ‘नयाँ नेपालको उज्यालो भविष्यतर्फ एकजुट होऔँ’

प्रधानमन्त्री कार्कीद्वारा दीपावली तथा चाडपर्वका अवसरमा शुभकामना सन्देश : ‘नयाँ नेपालको उज्यालो भविष्यतर्फ एकजुट होऔँ’


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दीपावली, म्ह पूजा, नेपाल संवत ११४६, छठ लगायत चाडपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना सन्देश दिएकी छिन् । यमपञ्चक आरम्भसँगै आउने यी पर्वहरू उज्यालो, आशा र समृद्धिका प्रतीक रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेकी हुन् ।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले चाडपर्वहरूलाई अन्धकारमाथिको उज्यालो, निराशामाथिको आशा र अन्यायमाथिको न्यायको विजयका रूपमा व्याख्या गरेकी छन् । उनले भनिन्, ‘यी पर्वहरूले हामीलाई एकताको सन्देश दिन्छन् र परिवर्तनप्रति जनआकांक्षा अझ बलियो बनाउँछन् ।’

भदौमा भएको जेनजी आन्दोलनले सरकारलाई दिएको जनसमर्थनप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्रीले समावेशी, पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माणप्रति प्रतिबद्धता जनाएकी छिन् ।

सन्देशमा उनले आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्ने सरकारको स्पष्ट प्राथमिकता रहेको उल्लेख गरिन् । साथै, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने, आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने र छ महिनाभित्र स्थिर सरकार दिनका लागि वातावरण निर्माणमा सरकार दृढ रहेको बताइन् ।

राजनीतिक संवाद र सुरक्षा व्यवस्थाको सुधार सन्तोषजनक रूपमा अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सम्पूर्ण नेपालीहरूलाई कुनै पनि भ्रममा नपरी राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि अगाडि बढ्न आह्वान गरेकी छन् । ‘हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ लाग्नुपर्छ,’ सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री कार्कीले यस चाडपर्वले सबैमा सकारात्मक ऊर्जा र प्रेरणा जगाउने विश्वास व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : २०८२, ३ कार्तिक सोमबार  १० : ४६ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता