२०८३, ३१ श्रावण सोमबार

प्रधानमन्त्री कार्कीद्वारा दीपावली तथा चाडपर्वका अवसरमा शुभकामना सन्देश : ‘नयाँ नेपालको उज्यालो भविष्यतर्फ एकजुट होऔँ’

प्रधानमन्त्री कार्कीद्वारा दीपावली तथा चाडपर्वका अवसरमा शुभकामना सन्देश : ‘नयाँ नेपालको उज्यालो भविष्यतर्फ एकजुट होऔँ’


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दीपावली, म्ह पूजा, नेपाल संवत ११४६, छठ लगायत चाडपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना सन्देश दिएकी छिन् । यमपञ्चक आरम्भसँगै आउने यी पर्वहरू उज्यालो, आशा र समृद्धिका प्रतीक रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेकी हुन् ।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले चाडपर्वहरूलाई अन्धकारमाथिको उज्यालो, निराशामाथिको आशा र अन्यायमाथिको न्यायको विजयका रूपमा व्याख्या गरेकी छन् । उनले भनिन्, ‘यी पर्वहरूले हामीलाई एकताको सन्देश दिन्छन् र परिवर्तनप्रति जनआकांक्षा अझ बलियो बनाउँछन् ।’

भदौमा भएको जेनजी आन्दोलनले सरकारलाई दिएको जनसमर्थनप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्रीले समावेशी, पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माणप्रति प्रतिबद्धता जनाएकी छिन् ।

सन्देशमा उनले आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्ने सरकारको स्पष्ट प्राथमिकता रहेको उल्लेख गरिन् । साथै, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने, आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने र छ महिनाभित्र स्थिर सरकार दिनका लागि वातावरण निर्माणमा सरकार दृढ रहेको बताइन् ।

राजनीतिक संवाद र सुरक्षा व्यवस्थाको सुधार सन्तोषजनक रूपमा अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सम्पूर्ण नेपालीहरूलाई कुनै पनि भ्रममा नपरी राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि अगाडि बढ्न आह्वान गरेकी छन् । ‘हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ लाग्नुपर्छ,’ सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री कार्कीले यस चाडपर्वले सबैमा सकारात्मक ऊर्जा र प्रेरणा जगाउने विश्वास व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : २०८२, ३ कार्तिक सोमबार  १० : ४६ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा