२०८३, १९ आश्विन मंगलबार

रुकुम पश्चिममा जीप दुर्घटना : आठ जनाको मृत्यु, दस जना घाइते

रुकुम पश्चिममा जीप दुर्घटना : आठ जनाको मृत्यु, दस जना घाइते


रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ झारमारे नजिकै लिस्नेमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने दस जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, रा१ज ४२२ नम्बरको जीप जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिका–स्यालाखदीतर्फ जाँदै गर्दा सडकबाट करिब ७ सय मिटर तल खसेको थियो। दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा सल्लेस्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो।

मृतकमा आठबिसकोट नगरपालिका-३ की कमला वली (३० वर्ष), वडा नम्बर १ का टेकजंग बुढा (१६ वर्ष), दिलमाया बुढा (१५ वर्ष), कल्पना नेपाल (१५ वर्ष), सर्मिला बिक (२८ वर्ष), वडा नम्बर २ की मनिका वली (१७ वर्ष), सर्मिला बिक (१८ वर्ष) र गोपाल वली (२२ वर्ष) रहेका छन्।

घाइते हुनेमा जीप चालक टोपजंग बुढा (३४ वर्ष) सहित सिर्जना बुढा (१७), सपना नेपाल (१५), जुना बुढा (१८), संगिता बुढा (१७), शान्ति बुढा (१९), अञ्जना ऐरी (१७), महिमा ओली (२०), मनिषा थापा (१७) र सबिता बिक (१५) रहेका छन्। घाइतेमध्ये जुना बुढालाई गम्भीर अवस्थामा नेपालगञ्ज पठाइएको र अन्यको सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, जीपमा क्षमताभन्दा बढी यात्रु सवार रहेका थिए। अत्यधिक भार र जोखिमपूर्ण सडकका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले तत्काल उद्धार कार्य गरेका थिए। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, ८ कार्तिक शनिबार  ८ : ४१ बजे

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर