काठमाडौं । ट्रकको ठक्करबाट बालकको ज्यान गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । अहिले राजमार्गमा गाडी आवतजावत भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ फुर्केखोलामा बिहान ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको ज्यान गएपछि आफन्तले सडक बन्द गरेका थिए…