काठमाडौँ, ३० साउन : भूकम्पले भत्किएका गुम्बा÷विहारको पुनः निर्माण छिटो गर्न माग गर्दै आज यहाँ प्रदर्शन गरियो । नेपाल गुम्बा÷विहार महासङ्घको नेतृत्वमा भएको प्रदर्शन भृकुटीमण्डप–भद्रकाली–शहीदगेट–नेपाल वायु सेवा निगम–जमल–घण्टाघरहुँदै शान्तिवाटिकामा पुगेर सम्पन्न भयो । भूकम्पले भत्किएका एक हजार ३२० गुम्बा÷विहारको सर्वेक्षण गरिएकामा ८९५ पुनः निर्माण गर्नुपर्ने प्रतिवेदन तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय…