काठमाडौं, भदौ ११: नेपाल वायु सेवा निगमले आन्तरिक उडानतर्फ चालू हालतका आठमध्ये ६ जहाज थन्काएको छ। अनि बहाना बनाएको छ- पाइलटै छैन। अन्नपूर्णलाई प्राप्त कागजातले भने उसँग जहाज उडाउने पाइलट पर्याप्त भएको देखाउँछ। ल्याएको जहाजै नउडाएर गत आर्थिक वर्ष ३५ करोड रूपैयाँभन्दा बढी घाटा खाँदै आएको निगमसँग ६ वटा चिनियाँ जहाज छन्। तीमध्ये दुईवटा ठूला…