२०८२, १९ कार्तिक मंगलबार

बाढीले दुईवटा पुल बगायो, एकजनाको मृत्यु

जाजरकोट, साउन ३० । नलगाड नगरपालिका–५ कालिमाटीमा गएराति बाढीले दुई झोलुङ्गे पुल बगाएको छ । बाढीले झुम्रे खोला र घुआरामा रहेको झोलुङ्गे पुल बगाएको हो । बाढीले घुहारामा रहेको मिल, कालिमटीस्थित खिमलाल जैशीको घर र १५ घुम्ती पसलसमेत बगाएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिए । सो ठाउँका पानी घट्टसमेत बाढीले बगाएको छ…