२०८३, १५ आश्विन शुक्रबार

कहिले बन्ला धरहरा र रानीपोखरी ?

कहिले बन्ला धरहरा र रानीपोखरी ?


काठमाडौं, भदौ ६ : २०७२ को भूकम्पले क्षतिग्रस्त ऐतिहासिक धरहरा, रानीपोखरीलगायतका सम्पदा पुनर्निर्माण कार्य अस्वाभाविक रूपमा धकेलिन थालेको समाचार आजको राजधानी दैनिकले पहिलो पृष्ठमा छापेको छ ।सारेकारवाला निकायबीचको आपसी खिचातानी र स्वार्थमा चलखेल भएपछि उच्च महत्त्वका पुरातात्त्विक सम्पदाको पुनर्निर्माण कार्यमा विलम्ब (ढिलाइ) भएको हो । भूकम्पपछि क्षतिग्रस्त बनेको रानीपोखरी कस्तो शैलीमा बनाउने र धरहरा कसले बनाउने भन्ने बहसमै तीन वर्ष बितेको छ । भूकम्पबाट क्षतिग्रस्त अन्य सम्पदाको हालत पनि उस्तै छ । पुनर्निर्माणका नाममा करोडौ रुपैयाँ सकिए पनि प्रगति भने भएको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएको तीन वर्षपछि धरहरा पुनर्निर्माणका लागि गत साउनमा बोलपत्र आह्वान गर्‍यो । प्राधिकरणले वार्षिक कम्तीमा तीन अर्ब ९१ करोड २८ लाखको निर्माण कार्य गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आहन गरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्राधिकरणले बोलपत्र आह्न गरेसँगै धरहरा पुनर्निर्माणको बाटो खुलेको बताए । यद्यपि, प्रक्रिया भने अझै बढ्न सकेको छैन ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ७ : ३९ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र