काठमाडौँ, १८ भदौ नेपाल रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा आज नेपाल आउनुभएको छ । महासङ्घमा विश्वका १९० देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी आबद्ध छन् । नेपालमा विसं २०७२ वैशाख १२ को भूकम्पपछि महासङ्घले अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहायता एवं सेवा जुटाउन आह्वान गरेको थियो । सो आह्वानसँगै…