२०८३, १५ आश्विन शुक्रबार

अब ट्याक्सी चालकले ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने

अब ट्याक्सी चालकले ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने


काठमाडौँ, ६ भदौ । उपत्यकामा चल्ने मिटर ट्याक्सीका चालकले आजदेखि अनिवार्य रुपमा ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल ट्याक्सी व्यवसायी सङ्घको सहकार्यमा ट्याक्सी चालकले अनिवार्य ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको हो । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन

महाशाखा र व्यवसायी सङ्घको आयोजनामा सुन्धाराबाट ५०० ट्याक्सीका चालकलाई ज्याकेट लगाएर सो कार्यको शुरुवात गरियो । कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले त्यस्तो ज्याकेट लगाएपछि यात्रुलाई चालक पहिचान गर्न सहज हुने बताउनुभयो । “फ्लोरोसेन्ट ज्याकेट अध्यारोमा टल्कने हुँदा टाढैबाट ट्याक्सी चिन्न सहज हुन्छ,”–उहाँले भन्नुभयो । महाशाखा प्रमुख पन्तले ज्याकेटले व्यवसाय र व्यवसायीलाई अनुशासित बनाउनुको साथै यात्रुलाई पनि सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पोशाकले पेशागत मर्यादा र अनुशासन देखाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले ट्याक्सी पार्किङका लागि आवश्यक ठाउँ नभएको भन्दै पूर्वाधार पूरा गरेर नियम लागू गर्न सरकारसँग आग्रह गर्नुभयो । नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतमले सरकारले ट्याक्सीको भाडा निर्धारण र पार्किङका लागि आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

महाशाखाले उपत्यकामा सञ्चालित ट्याक्सीलाई फ्लोरोसेन्ट ज्याकेट लगाउनका लागि एक महिनाको समय दिएको छ । सो अवधिमा सबै ट्याक्सीले ज्याकेट नलगाए कानूनअनुसार कारवाही गरिने महाशाखाले जनाएको छ । यसअघि महाशाखाले माइक्रो तथा ठूला सवारी साधनका चालकलाई पोशाक लगाउन शुरु गरेपनि लागू हुन सकेको थिएन । महाशाखाले यसअघि उपत्यकामा चल्ने ट्याक्सीको छतमा पहेँलो रङ्ग लगाउनेदेखि ट्याक्सीभित्र ट्याक्सी नम्बर राख्नेसम्मका काम गरिसकेको छ ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ६ : ११ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र