२०८२, ३० बैशाख मंगलबार

दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको ज्यान गयो

काठमाडौं । दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको ज्यान गएको छ । दार्चुलाको दुहुँ गाउँपालिका–१ बाच्पालीकी जयमती महरको ढुङ्गाले लागेर आइतवार हिजो ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हिजो दिउँसो घाँस काट्ने क्रममा भिर माथिबाट खसेको ढुङ्गा जयमतीको टाउको लागेर गम्भीर घाइते हुनुभएको थियो । घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै…