काठमाडौं । देशभर जारी अविरल वर्षाका कारण मुख्य चार राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। बाढी र पहिरोका कारण कर्णाली प्रदेशका दुई मुख्य मार्ग कर्णाली करिडोर र भेरी करिडोरमा पूर्णरूपमा यातायात ठप्प छ। हुम्लाको सिमकोट क्षेत्रमा आएको पहिरोले कर्णाली करिडोर पूर्णरूपमा अवरुद्ध बनाएको छ। यस्तै, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ स्थित रिजिगार क्षेत्रमा आएको बाढीका कारण भेरी करिडोर…