२०८२, १७ असार मंगलबार

माछा मार्ने क्रममा नदीमा डुबेर दुई बालिकाको मृत्यु

कञ्चनपुर, ५ भदौ: कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीका दुई जना बालिकाको माछा मार्ने क्रममा आज दोदा नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीया अञ्जली चौधरी र १० वर्षीया माला राना रहेका छन् । साथीसँगै माछा मार्न गएका दुवै बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो…