२०८३, २३ आश्विन शनिबार

बन्दरगाह निर्माणमा स्थानीयले किन गर्दैछन् अवरोध

बन्दरगाह निर्माणमा स्थानीयले किन गर्दैछन् अवरोध


 

काठमाडौं, असोज १९ : चोभार क्षेत्रका स्थानीय बासिन्दाले सरकारले आफ्ना माग पूरा नगरेसम्म सुख्खा बन्दरगाह बनाउने कार्यमा अवरोध गरिरहने अडान लिएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

उनीहरूले उक्त कार्य थाल्नु अगाडि हिमाल सिमेन्ट कारखानाले स्थानीय समुदायलाई पु¥याएको क्षतिको उचित राहत दिइनुपर्ने, कारखानाको जग्गा स्थानीयलाई नै फिर्ता गरिनुपर्ने, कारखानाका कर्मचारी अहिलेसम्मकै पारिश्रमिक पाउनुपर्नेलगायतका माग राखेका छन् ।

सरकारले चोभारस्थित हिमाल सिमेन्ट कारखानाको जग्गामा सुख्खा बन्दरगाह बनाउने निर्णय गरी काम अघि थाल्न निर्देशन दिएको थियो । सरकारको निर्णयसँगै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले उक्त कार्यका लागि ठेकेदार कम्पनी समेत छनौट गरी कार्यक्षेत्रमा खटाइएको थियो ।

११ दशमलब ७७ हेक्टर अर्थात २ सय ३२ रोपनीमा फैलिएको उक्त बन्दरगाह १८ महिनाभित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी शाङछी र नेपाली कम्पनी आशिषको ज्वाइन्ट भेन्चरसँग सम्झौता समेत भएको थियो । उक्त कार्यका लागि विश्व बैंकसँग २२ लाख अमेरिकी डलर ऋण लिने सहमति भइसकेको थियो ।

प्रकाशित मिति : २०७५, १९ आश्विन शुक्रबार  ६ : ३५ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि