काठमाडौं, कात्तिक ९ : राजधानीमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढेको समाचार आजको कान्तिपुरले पृष्ठ २ मा छापेको छ । पछिल्ला दिन बालाजु, ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको छ । ‘ढुंगेधारास्थित निजी क्लिनिकका चिकित्सकले दसैंअगावै त्यहाँ ७ जनामा डेंगु देखिएको रिपोर्ट गरेका थिए,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक विवेककुमारलालले भने, ‘हालसम्म…