२०८३, १६ आश्विन शनिबार

बलातकारीले भरिदै जेल, थपिँदै छन् वृद्धा पनि

बलातकारीले भरिदै जेल, थपिँदै छन् वृद्धा पनि


काठमाडौं, असोज १८: ‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्डका आरोपी सब्जीबाजे कारागार चलान भएका हुन्।नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थात बृद्धहरुलाई छुट्टै ठाउँमा राख्ने गर्दछ। सबै थुनुवासँग होइन कि बृद्धहरुलाई राख्न छुट्टै टहरा बनाइएको छ।

७८ वर्षका सब्जीबाजे कारागारको टहरामा पुग्दा ८० काटेका काल्चे दमाई र ७५ काटेका नैने दमाई त्यही थिए।यी दुईबीचमा आफूजस्तै कपाल फूलेका साथी सब्जीबाजे थपिए। काल्चे र नैने पनि ‘बलात्कार’ काण्डमा कारागार पुगेका हुन्। काल्चेले तीन वर्षअघि छिमेकी बालिकालाई घरमै बोलाएर जबरजस्ती गरेका थिए। आमा काम विशेषले छिमेकीको घरमा गएको बेलामा काल्चेले बालिकालाई जबरजस्ती गरेका थिए, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

नेपालगञ्ज कारागारका निमित्त जेलर श्याम लामिछानेका अनुसार, बलात्कारी थुनुवाहरु संख्याको हिसावले नेपालगञ्ज कारागारमा तेस्रो नम्बरमा परेका छन्। कारागारमा लागु औषध, कर्तब्य ज्यानपछि बलात्कारी थुनुवाको संख्याको अधिक रहेको छ। निमित्त जेलर लामिछानेले असोज १ गतेको तथ्यांकमा एक सय ५ जना बलात्कारी थुनुवा रहेको जानकारी दिए। उनले त्यसपछि पाँच जनाबढी थपिएको बताए।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  ७ : ३२ बजे

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार

हिम्लुङ हिमालमा हिमपहिरो : बेपत्ता तेमालका तीन आरोही भेटिए

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोपछि

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौं । अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२

उज्यालो नेपाल अब विकल्पमा सीमित रहँदैन : कुलमान घिसिङ

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीलाई देशको