रामेछाप, २१ असोज: जिल्ला कारागार कार्यालय रामेछापमा कैद भुक्तान गरिरहेका एक पुरुष कैदीको मृत्यु भएको छ । लागुऔषध मुद्दामा छ वर्षको कैदी जीवन बिताइरहेका रुपन्देही जिल्ला साविकको वनकट्टी गाविस–९ का ३९ वर्षीय सुशील श्रेष्ठको मृत्यु भएको हो । पानी खानेबेलामा सर्केर कारागारभित्र नै ढलेका कैदी श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा आज मृत्यु भएको जिल्ला…