२०८३, ३० असार बुधबार

नेपाल टेलिकमले ल्यायो दसैँको अवसरमा अफरै अफर, ‘अब रिचार्ज गर्दा बोनस ‘

नेपाल टेलिकमले ल्यायो दसैँको अवसरमा अफरै अफर, ‘अब रिचार्ज गर्दा बोनस ‘


काठमाडौं, असोज २३। नेपाल टेलिकमले दसैँको अवसरमा रिचार्ज गर्दा बोनससहितका अफर ल्याएको छ। असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने कम्पनीले जनाएको छ। १०० र २०० रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक माध्यममार्फत रिचार्ज गर्दा १० प्रतिशत तथा ५०० र १ हजारको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक माध्यमबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ।

१० प्रतिशतको बोनस ३ दिन भित्र र १५ प्रतिशतको बोनस ५ दिन भित्र उपभोग गरिसक्नु पर्ने टेलिकमले जनाएको छ। त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ।

दसैँका अवसरमा नेपाल टेलिकमको ‘प्याक’:
अनलिमिटेड प्याकः यस अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ। ६०० रुपैयाँमा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध हुनेछ।

सो प्याक अन्तर्गत १ जीबी पिक आवर (बिहान ६ बजेदेखि राति १० बजेसम्म) र १ जीबी अफपिक आवर (राति १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिनेछ। सोही प्याक ७ दिन समयावधिका लागि ३ सय रुपैयाँमा पनि उपलब्ध हुनेछ।

सो प्याक लिने सेवाग्राहीलाई वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।

भ्वाइस प्याक : यस अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ। एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ। भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ।

डाटा प्याक : यस अन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ। सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ ।

उपरोक्त अफरहरु यही असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छ। अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415*9# डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि प्याकेज खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

एडीएसएल/एफटीटीएच/वाइम्याक्स तर्फ :
आगामी असोज ३० देखि कात्तिक ६ गते सम्म एडीएसएल/एफटीटीएच/वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गते सम्म थप गरिने छ। यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचारु भइरहने छ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ६ : २९ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित